काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउने भएको छ । गत शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार बजेट ल्याउन लागिएको हो ।
बजेट प्रयोजनका लागि दिउँसो २ बजे नगरसभा बैठक बोलाइएको छ । नगरसभा अघि बिहान ११ बजे कार्यपालिका बैठक बस्नेछ । शुक्रबार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो ।
आजका लागि कार्यपालिका बैठकको घोषणा गर्दै महानगर प्रमुख साह बैठक कक्षबाट बाहिरिएका थिए । राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२–०८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।