काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार राजीव खत्रीले आफ्नो मतान्तर झन बढाएका छन् । त्यहाँ साँझ ६ः१० सम्म ४२ हजार चार मत गणना भएको छ ।
त्यसमा रास्वपा उम्मेदवार राजीव खत्रीले १३ हजार ५८७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार महेश बस्नेतले तीन हजार ६१२ मत ल्याएका छन् । यस्तै, कांग्रेसका कबीर रानाले २३ सय ७१, नेमकिपाका रमेश वैद्यले ३०३, राप्रपाका बिक्रम थापाले ३७४ र नेकपाका रामप्रसाद सापकोटा ३७६ मत ल्याएका छन् ।