ललितपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम गरेका छन् ।
ललितपुर क्षेत्र नं १ को जारी मतगणनाअनुसार रास्वपाका बुद्धरत्न महर्जन २० हजार २०८ मत प्राप्त गर्दै पहिलो स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदय शमशेर राणाले १२ हजार ४०३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा(एमाले)का उम्मेदवार चेतननाथ सञ्जेलले छ हजार १४८ मत ल्याएका छन् । उज्यालो नेपाल पार्टीका पदमकुमार लामाले दुई हजार ६४२ तथा नेपाली कम्युनिष्ट पार्टीका सुनिल महर्जनले एक हजार ८७६ मत प्राप्त गरेका छन् ।
ललितपुर क्षेत्र नं २ मा रास्वपाका जगदीश खरेल ११ हजार ५४७ मतसहित अग्रस्थानमा रहेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले एक हजार ५१९ मत प्राप्त गर्नुभएको छ । एमालेका प्रेमबहादुर महर्जनले एक हजार १३६ मत ल्याएका छन् ।
त्यसैगरी ललितपुर क्षेत्र नं ३ मा तोसिमा कार्की ३१ हजार ५९० मतसहित अग्रस्थानमा रहेका छन् । नेपाली कांग्रेसका जीतेन्द्र श्रेष्ठले छ हजार ३६९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।