काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् ।
उनले बिहिवार विहान काठमाडौं–४ स्थित मैतिदेवी मन्दिरमा रहेको केन्द्रबाट मतदान गरेका छन् ।
थापा सर्लाही– ४ बाट उम्मेदवार बने पनि मतदाता नामावली काठमाडौंमा रहेको हुँदा उनले यँहीबाट मतदान गरेका हुन् । मतदान सकिएलगत्तै थापा सर्लाही जाने कार्यक्रम रहेको उनी निकटले जानकारी दिएका छन् ।