काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट विजयी भएका छन् ।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्डले ८ हजार ७४७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।यद्यपि उनको औपचारिक विजयी घोषणा भने गरिएको छैन ।