भक्तपुरको वर्षौ पुरानो नेमकिपाको पकड तोडियो, रास्वपाको शानदार जित

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीको लामो समयदेखिको पकड तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन्।

निर्वाचन परिणाम अनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत पाए।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ४ हजार २८२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार