बालेन्द्र शाहको जित सुनिश्चित ! ३० हजार मत गन्न बाँकी हुँदै बालेन विजयी !

काठमाडौं । झापा क्षेत्र नं ५ का उम्मेदवार एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको जित सुनिश्चित भएको छ । करिब ३० हजार मत गन्न बाँकी हुँदै उनी विजयी भएका हुन् । यद्यपि मतगणना सम्पन्न नभएसम्म घोषणा भने हुनेछैन ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीभन्दा उनी ३५०८० मतले अगाडि छन् । जबकि अब गन्न बाँकी मत नै जम्मा ३०९९५ छ ।

पछिल्लो विवरण अनुसार ७५३७७ गणना गर्दा बालेन ४७७७९ भोटसहित आफ्नो अग्रता कायमै राखेका छन् । ओलीको १२६९९ मत छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार