मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त 

काठमाडौं । मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । रक्षा सचिव रहेका अर्याललाई मुख्यसचिव बनाउने निर्णय भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्रोतले जानकारी दियो । हालका मुख्यसचिव एकनारायण अर्याल भोलिदेखि अवकाशमा जाँदैछन् । नवनियुक्त अर्याल २०८३ असार २६ गतेसम्म पदमा रहनेछन् ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि राजनीतिक प्रभाव, विचौलिया र शक्ति समूहको दबाबमा नपरी मुख्यसचिव नियुक्त हुनुपर्ने माग कर्मचारी बृत्तले राखेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार