सुनको मूल्य आज एकैदिन २ हजार ९ सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य १३ सय रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार १३५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार