आज बिहीबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ४३ हजार रुपैयाँ कायम भएको हो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ३ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा ३ हजार १८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार