आज सुनको मूल्य घट्याे, चाँदीको बढ्यो

काठमाडौं । मंगलबारको तुलनामा आज (कात्तिक २६) सुनको मूल्य प्रतितोला २१ सयले घटेको छ । चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ४४ हजार ३०० कायम भएको छ । त्यस्तै चाँदी प्रतितोला ३ हजार १७५ मा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ४६ हजार ४०० र चाँदी ३ हजार १७० मा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार