आज आइतबार सुनको मूल्य बढ्यो, चाँदीको घट्यो 

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (कात्तिक २३) सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार