सुनको मूल्य घट्यो

काठमाडौँ– बिहीबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो।

यस्तै छापावाल सुन नै प्रति १० ग्राम बिहीबार १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ। यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार