काठमाण्डौ । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । काठमाण्डौको टोखास्थित उनको कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
पछिल्लो समय अग्रवालको एक ब्रोकर कम्पनीसँग कारोबारसम्बन्धी विवाद थियो । सोही विवादमा ब्रोकर कम्पनीले दिएको उजुरीको आधारमा धोकापूर्ण कारोबारको कसुरमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार, उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । बाँकी विस्तृत विवरण आईसकेको छैन ।