सुनको मूल्य तोलामा आज कतिले बढ्यो ?

काठमाडौं । नेपाली बजारमा सोमबार ९साउन ५० सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँ कायम छ । आइतबार ९साउन ४० छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार