नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीकै मूल्य मूल्य बढेर कारोबार भएको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर दुई हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार