धरहरा बिहीबारदेखि दैनिक १२ घण्टा खुल्ने

काठमाण्डाैँ – धरहरा बिहीबारदेखि दैनिक १२ घण्टा खुल्ने भएको छ । अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म धरहरा खुला रहने छ । यसअघि दैनिक बिहान १० देखि बेलुका ४बजेसम्म धरहरा सर्वसाधारणका लागि खुल्ला हुँदै आएको थियो । त्यस्तै अबदेखि सार्वजनिक बिदाको दिन पनि धरहरा चढ्न पाइने छ । अब शनिवार दिइने साप्ताहिक बिदाको सट्टा बुधवार धरहरा बन्द हुने भएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुनर्निर्माणपछि गएको असोज ३ गतेदेखि परिक्षणका रुपमा खुला गरिएको थियो । गएको मंसिर ९ गतेदेखि भने शुल्कसहित धरहरा खुला गरिएको हो । धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै अहिले स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार