काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १३ सयले घटेर तोलाको एक लाख ९२ हजारमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ९३ हजार ३०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको २२६० रुपैयाँमा कारोबार भइरहेको छ ।