अर्थमन्त्री पौडेलकाे प्रचण्डसँग भेट, बजेटबारे छलफल

काठमाडौं । एमाले नेता तथा अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । बिहान प्रचण्ड निवासमा पुगेर भेटवार्ता गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

सचिवालयका अनुसार भेटमा बजेटबारे छलफल भएको थियो । “कुनै राजनीतिक विषयमा कुराकानी भएको होइन,” सचिवालय स्रोतले भन्यो, “अर्थमन्त्रीले बजेटका सन्दर्भमा छलफल गर्नुभएको हो ।”

प्रतिक्रिया
सम्बन्धित समाचार