काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् नार्कका ११ जना वैज्ञानिकहरू अध्ययन बिदा लिएर उतै हराएको भन्दै सात दिनभित्र कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरिएको छ ।
परिषद्ले आइतबार सूचना जारी गर्दै कतिपय वैज्ञानिक त झण्डै नौ वर्षदेखि गायब रहेको बताएका हुन् ।
कर्मचारी प्रशासन नियमावलीमा उल्लेख भएअनुसार ती कर्मचारीहरू जति वर्ष बिदामा बस्छन् ती त्यसको दोब्बर नेपालमा आएर सेवा गर्ने शर्तमा बिदा पाएका हुन्छन् । यस्तो बिदा लिएकाहरू समयमा उपस्थित नभएमा सरकारले लगानी गरेको रकम मात्रै नभएर विदेशी नियोगले गरेको लगानी समेत असुल गर्नुपर्ने कानुनी व्यवस्था छ ।