नेपाली कम्युनिस्ट पार्टीमा थपिए चार दल, पुगे १६ घटक

काठमाडौँ – गत १९ कात्तिकमा १० घटक जोडिएर बनेको नेपाली कम्युनिस्ट पार्टीमा थप चार दल जोडिएका छन् । योसँगै यस पार्टीमा संलग्न घटकको सङ्ख्या १६ पुगेको हो ।

बिहीबार राष्ट्रिय सभागृहमा भएको एकता घोषणा सभामा राजेन्द्र श्रेष्ठ नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू नेकपामा एक भएका हुन् । त्यस्तै नेकपा बहुमत पार्टीको विद्रोही समूह, नेकपा (माओवादी) को विद्रोही समूह र जनजागरण पार्टीबीच एकता भएको हो ।

पार्टी एकता समारोहमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत नेताहरू सहभागी छन् ।

यसअघि बामदेव गाैतम नेतृत्वसहितकाे दुइ दल नेकपासँग एक भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार