एक्कासी बढ्यो काठमाडौंमा चिसो, एकैदिन झण्डै ३ डिग्रीले घट्यो तापक्रम

काठमाडौं । काठमाडौंमा एक्कासी चिसो बढेको छ । मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार शुक्रबारको तुलनामा आज एक्कासी तापक्रम घटेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान यही समयमा ११.२ डिग्री रहेको तापक्रम आज बिहान ५.४५ बजेको मापनमा ८.५ डिग्री सेल्सियस देखिएको हो ।

महाशाखाका अनुसार बिहान पाँच बजेदेखि सात बजेसम्मको समयमा काठमाडौं उपत्यकामा अत्यधिक चिसो हुने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार