काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० देखि साउन १ गतेसम्म निष्कासन गरेको ‘७५ नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ बाँडफाँड गरेको छ। बैंकले प्रतिऋणपत्र १०० अंकित मूल्यका दरले ३ अर्ब मूल्यबराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सर्वसाधारणमा साउन ७ गते बाँडफाँट गरेको हो। यो ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको थियो ।