मञ्जुश्री फाइनान्सको न्यूरोड शाखा सर्‍यो

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो न्यूरोड शाखा स्थानान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिका–२२ खिचापोखरीमा रहेको शाखालाई ग्राहकको सहजताका लागि उक्त स्थानबाट ५० मिटर उत्तरतर्फ सारिएको कम्पनीले जनाएको छ ।

सारिएको शाखाबाट आज आइतबारदेखि सेवा सुरू गरिएको फाइनान्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानान्तरित शाखाको उद्घाटन फाइनान्सका सञ्चालक समिति अध्यक्ष सुमन प्रसाद अधिकारीले गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार