काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले बैंकर र व्यवसायी छुट्टउने भए ‘कुलिङ पिरियड’ राखिनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बिहीबार (असार २६) उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथिको छलफलमा यस्तो बताएकी हुन् ।
राज्यले कुनै व्यवस्था गर्दा उद्योग–व्यवसायीको सम्पत्तिको क्षति नहुने गरी व्यावहारिक हिसाबले गर्नुपर्नेमा उनले जोड दिइन् । बैंकर र व्यवसायी छुट्ट्याउने भए कुलिङ पिरियड अनिवार्य रूपमा तीन वर्ष राख्नुपर्ने उनले बताइन् ।