काठमाडाैँ । एलन मस्क विश्वकै धनी व्यक्ति अब छैठौं ठूलो घाटा व्यहोर्ने व्यक्तिकाे स्थानमा परेका छन् । मस्कले विश्वकै पहिलो पटक ४०० अर्ब डलर (झण्डै ५३ खर्ब रुपैयाँ) सम्पत्ति बनाएका थिए, अहिले सेयर बजारमा सबैभन्दा ठूलो घाटा व्यहोर्ने व्यक्तिहरूमध्येमा परेका छन्। पछिल्ला चार महिनामा उनले १०० अर्ब डलरभन्दा बढी गुमाएका छन् र हाल उनको सम्पत्ति घटेर २९७.८ अर्ब डलरमा झरेको छ।
ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार एलन मस्कको सम्पत्ति सोमबार मात्र ४.४ अर्ब डलरले घटेको हो। टेस्लाको सेयर मूल्यमा आएको भारी गिरावटका कारण यो घाटा आएको हो। यो गिरावटसँगै उनी हालैका समयका छैठौं ठूलो घाटा व्यहोर्ने व्यक्तिमा परेका छन्। नोभेम्बरपछि उनको सम्पत्ति ३०० अर्ब डलरभन्दा तल झरेको हो।