काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार उचालिए पनि कारोबार रकम भने साढे ७ अर्ब पनि पुगेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.३६ अंकले बढेको हो । ०.१८ प्रतिशतले बजार बढ्दा नेप्से २८३८.४० अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा समूह राताम्मे भएका छन् । बाँकी अरु समूहमा हरियाली छाएको छ ।
आज ३३५ कम्पनीका १ करोड ८० लाख ६३ हजार ७ सय २८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार ९८.४८ रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न पाँच कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर र रिजलाइन इनर्जीका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, १० र ९.९९ नाफा कमाएका छन् ।
त्यस्तै एशियन हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.५४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेशनल हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६६ करोड ८६ लाख ३७ हजार १ सय ५१ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन सोमबार ४.१८ अंकले बजार घट्दा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६ सय ४१.७९ रुपियाँ बराबरको कारोबार भएको छ । मंगलबार नयाँ वर्षको सार्वजनिक बिदाका कारण बजार बन्द थियो भने बुधबार ३३.२७ अंकले बजार बढ्दा १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७ सय ९६.५६ रुपियाँ र हिजो बिहीबार ९ अर्ब ३१ करोड २८ लाख ६० हजार ८ सय ८.२७ रुपियाँ बराबरको कारोबार भएको थियो ।