काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र साह(बालेन) ले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गरेका छन्।
उनले आफ्नो सन्देशमा संस्कृत श्लोक ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ उद्धृत गर्दै आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गरेका छन्। उनले आमालाई जीवनको पहिलो गुरु, माया र त्यागको अनुपम स्रोतका रूपमा वर्णन गरेका छन्।
बालेनले सबै आमाहरूको दीर्घायु, सुख र सम्मानको कामना गर्दै आमाप्रतिको कृतज्ञता व्यक्त गरेका छन्। साथै, ‘आमालाई सधैं हँसाउन सकौँ र सन्तानको कर्ममा आमाले गर्व गर्न सकून्’ भन्ने भावनासमेत व्यक्त गरेका छन्।
उनले अन्त्यमा नेपाल आमाप्रति संकेत गर्दै ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भन्दै देशको समृद्धि र खुसीप्रतिको अपेक्षा व्यक्त गरेका छन्।
मातातीर्थ औँसीको अवसरमा उनले सम्पूर्ण आमाहरूलाई शुभकामना समेत दिएका छन्।