काठमाडौं । केही दिनदेखि घटिरहेको सुनचाँदीको मूल्य आज सोमबार भने ह्वात्तै बढेको छ । आज सुनको मूल्य प्रतितोला ४६ सय र चाँदीको मूल्य प्रतितोला १८५ रुपियाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार रुपियाँमा कारोबार भइरहेको छ । यसअघि सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपियाँ पुगेको रेकर्ड छ ।
त्यस्तै आज चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै त्यसैको प्रभाव नेपाली बजारमा पनि देखिएको हो ।