चितवन- २ : अग्रता बढाउँदै रास्वपाका सभापति रवि लामिछाने

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले ३२६५ मत ल्याएर फराकिलो अग्रता कायम राखेका छन्।

नेकपा एमालेकी अस्मिन घिमिरेले १५१९ मत पाएकी छन् र दोस्रो स्थानमा छन्।

नेपाल कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १२६० मत पाएका छन् भने नेपाली कांग्रेसकी मीना खरेल १०९४ मतसहित चौथो स्थानमा छिन्।

२१ फागुन, भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन् । यहाँ लामिछानेले ३२६५ मत ल्याउँदा नेकपा एमालेका अस्मिन घिमिरे १५१९ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ १२६० मतका साथ एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसकी मीना खरेल १०९४ को मतसहित चौथो स्थानमा छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार