काठमाडौं । नासा कलेजले नयाँ भवन, अत्याधुनिक भौतिक पूर्वाधार र सशक्त व्यवस्थापन संरचनासहित आफ्नो शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाएको छ । समयसापेक्ष र युगअनुकूल शिक्षा प्रदान गर्ने उद्देश्यसाथ कलेजले भौतिक, शैक्षिक तथा व्यवस्थापकीय तहमा व्यापक सुधार गर्दै शैक्षिक रूपान्तरणको दिशामा अग्रसर भएको जनाएको छ ।
कलेजको नयाँ भवन आधुनिक शैक्षिक मापदण्डअनुसार निर्माण गरिएको छ । स्मार्ट कक्षाकोठा, सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण प्रणाली, अत्याधुनिक विज्ञान र कम्प्युटर प्रयोगशाला, व्यवस्थित पुस्तकालय, स्वच्छ क्यान्टिन तथा सुरक्षित क्याम्पस संरचनाले विद्यार्थीको सिकाइ अनुभवलाई थप सहज र प्रभावकारी बनाएको कलेजको भनाइ छ । यी पूर्वाधारले शैक्षिक अध्ययनसँगै विद्यार्थीको बहुआयामिक विकासमा समेत योगदान पुर्याइरहेको छ ।
कलेजले हाल विज्ञान र व्यवस्थापन संकायअन्तर्गत कक्षा ११ र १२ तहको अध्ययन सञ्चालन गर्दै आएको कलेजका प्रबन्ध निर्देशक दीपक न्यौपानेले बताए ।