तेहरान – मध्यपूर्वको तनाव अर्थात् इरान–इजराइल युद्धमा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ ।
जसमध्ये अमेरिकाले इरानसँग जारी संघर्षमा मारिएका ४ अमेरिकी सैनिकको नाम सार्वजनिक गरेको छ।
अमेरिकी सेनाका अनुसार हालसम्म जम्मा ६ सैनिकको मृत्यु भइसकेको छ।
जसमध्ये ४ सैनिकको नाम सार्वजनिक गरिएको हो, उनीहरू आयोवास्थित आर्मी रिजर्भ युनिटसँग सम्बन्धित थिए।
सरकारले केही घाइते अझै गम्भीर रहेको जनाएको छ। आगामी दिनमा पनि अमेरिकी सैनिकहरूको ज्यान जोखिममा पर्न सक्ने चेतावनी इरानले दिएको छ।