सुनचाँदीको स्थानीय मूल्यमा पहिरो, एकैदिन तोलामा ११ हजारले घट्यो, चाँदीमा नि ?

काठमाण्डौ । सुनचाँदीको मूल्यमा बुधबार पहिरो गएको छ ।  नेपाली बजारमा बुधबार सुनको भाउ मंगलबारको तुलनामा प्रतितोलामा ११ हजार रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ रहेको सुनको भाउ बुधबार भने ३ लाख १७ हजार ६०० कायम भएको हो । यसरी हेर्दा सुनको भाउमा ३.३४ प्रतिशतको पहिरो गएको देखिएको छ ।

अन्तराष्टिय बजारमै पनि हिजोदेखि नै सुनचाँदीको भाउमा भीषण पहिरो जान थालेको थियो । तीव्र गिरावट दिनको अन्तिम कारोबार समयसम्म आउँदा केही थामिएको थियो । त्यसकै प्रभाव नेपाली बजारमा समेत परेको हो ।

यसैगरी, चाँदीको भाउमा सुनको भन्दा ठूलो पहिरो गएको छ । मंगलबारको तुलनामा नेपाली बजारमा चाँदीको भाउ ४.७२ प्रतिशतले घटेको छ । मंगलबार प्रतितोला ५ हजार ८१५ रुपैयाँ रहेको चाँदीको भाउ घटेर बुधबार भने ५ हजार ५४० मा सीमित बन्न पुगेको हो । यसरी हेर्दा तोलामै चाँदीको मूल्य २७५ रुपैयाँले घट्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार