‘ASEZ STAR’ को आयोजनामा “School Violence Prevention” सेमिनार बृहत् रुपमा सम्पन्न

ललितपुर । इमाडोल परमेश्वरको मण्डली विद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन (ASEZ STAR) दले आज पौष २ गते “School Violence Prevention” सेमिनार बृहत् रुपमा सम्पन्न गरेको छ । कोपिला अँग्रेजी मा.वि., सानागाउँमा एक कार्यक्रमकाबीच आयोजना भएको उक्त कार्यक्रममा स्कूलका संयोजक (Co-ordinator) र प्राध्यापकहरु सहित ४५ भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सेमिनारमा परमेश्वरको मण्डली विद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन (ASEZ STAR) को परिचयात्मक भिडियो हेर्दै ASEZ STAR सदस्यहरुले School Violence Prevention सम्बन्धमा प्रस्तुति दिनुभएको थियो । प्रस्तुतिबाट हाल विद्यालयहरुमा प्राध्यापकहरुको अनुपस्थितिमा भईरहेको विद्यालय हिंसा (School Violence) को परिचय, त्यसले विद्यार्थीहरुको व्यक्तिगत दैनिक जीवन मात्र नभएर पुरै जीवनमा पर्न सक्ने प्रभाव, समाजमा पर्ने असरहरु र निम्त्याउने सक्ने जोखिमहरु, सो न्यूनिकरणका लागि चाल्नुपर्ने कदहरु र ASEZ STAR ले विद्यालय हिंसा हटाउन गरिरहेको अभियानहरुको विषयमा जानकारी गराईएको थियो ।

प्रस्तुतिबाट प्रभावित हुनुभई प्राध्यापकहरुले सेमिनार प्रभावकारी भएको बताउनुहुँदै विद्यालयको तर्फबाट ASEZ STAR लाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उपस्थित विद्यार्थीहरुले पनि कार्यक्रममा सक्रियतापूर्वक सहभागीता जनाउँदै सेमिनारबाट विद्यालय हिंसाको विषयमा प्रष्ट भएकोले आफू पनि नगर्ने बताउँदै विद्यालयमा हुन नदिन ASEZ STAR को Good Student Project-Shoulder to Shoulder Campaign मा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे । विद्यालयको तर्फबाट उपस्थित संयोजक र प्राध्यकपकले ASEZ STAR द्वारा संयुक्त राष्ट्रसंघ दिगो विकास लक्ष्यहरु (UNSDGs) हासिलको लागि गरिरहेको अभियानमा समर्थन गर्दै समर्थन हस्ताक्षर पनि गर्नुभयो । कार्यक्रमको अन्तमा सबैले एकसाथ विद्यालय हिंसा (School Violence) हुन नदिने प्रतिबद्धताका साथ “Lets Say Together-Stop School Violence” भन्दै नारा लगाएका थिए ।

परमेश्वरको मण्डली विद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ STAR चाहिँ Save the Earth from A to Z, Students Take Action Right Now को छोटकरी रूप हो । ASEZ STAR द्वारा विद्यार्थीहरुको चरित्र विकासको लागि Good Student Project, समाजमा वृद्धहरुको हेरचाह गर्दै सम्मान गर्ने र असहायहरुलाई सहयोग गर्ने Good Neighbor Project, विद्यालयको वातावरण संरक्षणको लागि Green School Project र पृथ्वीको पर्यावरण संरक्षणको लागि Green World Project परियोजनाहरु अन्तर्गत विश्वभरिका १७५ देशहरुमा विद्यालयहरुमा र समाजमा विभिन्न स्वयंसेवा गतिविधिहरु गरिरहेका छन् । यसरी विश्वभरिका विद्यार्थीहरूको साना कार्यहरू जम्मा भएर अन्त्यमा त्यसले ठूलो परिवर्तन ल्याइरहेको छ । यसरी गरिएको स्वयंसेवा कार्यहरुको सराहना गर्दै यस ASEZ STAR संगठनलाई संयुक्त राज्य अमेरिकाबाट The President’s Volunteer Service Award, कोरियाको राष्ट्रियसभा सदस्यहरुद्वारा सम्मान पत्र जस्ता अवार्डहरु, सम्मान र प्रशंसा पत्रहरु सरकार र विभिन्न निकायहरुले प्रदान गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार