कांग्रेस नेता चालिसेसहित परिवारैविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौँ– नेपाली काँग्रेसका नेता तथा विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लिएर विशेष अदालत गएको अख्तियारले चालिसेविरुद्ध करिब ३ करोड ६८ लाख ४७ बिगो दाबीसमेत गरिएको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताए।

चालिसे २०७४ देखि २०७९ सम्म काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका मेयर थिए। २०७९ को निर्वाचनमा उनी काठमाडौँ ३ बाट सांसद निर्वाचित भएका हुन्।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा चालिसे पत्नी मन्दिरा, छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमीला पोखरेललाई प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार