सुनिता डंगोल महाधिवेशन प्रतिनिधि मनोनीत

काठमाडौँ– काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन भएकी छन् ।

एमालेको शुक्रबार बसेको सचिवालयले ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि परेकी हुन् ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् ।

डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट मनोनीत भएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार