अर्थ नीतिले विश्वको शेयर कारोबारमा संकट देखिए ट्रम्प आफ्नै नीतिमा अडिग

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्थ नीतिले विश्वको शेयर कारोबारमा संकट देखिए पनि उनी आफ्नो नीतिमा अडिग रहेका छन्। ट्रम्पले यसले अमेरिकामा १० औँ अर्ब डलर भित्रने दाबी गर्दै राम्रो कुराका लागि समय लाग्ने र केही चुनौती हुने बताएका छन्।

ट्रम्प नीतिले दक्षिण कोरिया र जापानको सेयर बजारलाई एकै पटक असर गरेको छ। सोमबार मार्केट खुला भए पनि जापानको निक्केइ २५ मा १.८ प्रतिशत गिरावट आएको छ भने दक्षिण कोरियाको कोस्पी चार प्रतिशत भन्दा बढी ओरालो लागेको छ।

अमेरिकामा पनि शेयर कारोबार शुक्रबारदेखि नै ओरालो लाग्नेक्रम जारी छ। एयर फोर्स वानका सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले केही कुराको सुधार गर्नका लागि केही संकट सामना गर्ने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार