पूर्वएआईजी राजेन्द्रसिंह श्रममन्त्री

काठमाडौं । पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । उनी राष्ट्रिय पञ्चायत सदस्य लक्ष्मणसिंह भण्डारीका छोरा हुन् ।

बैतडी जिल्लाको पाटन नगरपालिकाका बासिन्दा भण्डारी नेपाल प्रहरीको एआईजी पदबाट अवकाश पाएका थिए ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको कार्यकाल ८३ दिन बाँकी रहँदा भण्डारीसहित चारजना मन्त्री थपेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार