बढ्यो सुनकाे मुल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३५ सय रुपैयाँले बढेको हो । बढेको बजारमा सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन दुई लाख ५३ हजार एक सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य तोलाको तीन हजार ९०५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तीन हजार ८०५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार