आज बिहीबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन आज ९मंसिर २५० एक हजार रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर दुई लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले वृद्धि भएर तीन हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला तीन हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार