विश्वमै धेरै विदा दिने देशको सूची सार्वजनिक, पहिलो नम्बरमा नेपाल

म्यानमार, इरान, श्रीलंका, इजिप्ट र बंगलादेश यो सूचीमा क्रमशः दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थानमा

काठमाण्डौ । अरु विषयमा धेरै पछाडि परे पनि विश्वमै सबैभन्दा धेरै सार्वजनिक विदा दिने देशहरुको सूचीमा भने नेपाल पहिलो नम्बरमा रहेको देखिएको छ ।

वल्र्ड अफ स्टाटिस्टिक्सले सार्वजनिक गरेको एक ताजा विवरणअनुसार विश्वमा वार्षिक रुपमा सबैभन्दा धेरै पब्लिक होलिडे(सार्वजनिक विदा) दिने देशहरुको सूचीमा नेपाल पहिलो नम्बरमा परेको हो ।

धेरै विदा दिने २५ वटा देशको सूची उसले सार्वजनिक गरेको छ । जसमा ३९ वटा विदासहित नेपाल पहिलो स्थानमा छ ।

म्यानमार, इरान, श्रीलंका, इजिप्ट र बंगलादेश यो सूचीमा क्रमशः दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थानमा छन् ।

म्यानमारमा ३२, इरानमा २६, श्रीलंकामा २५, इजिप्टमा २२, बंगलादेशमा २२ दिन विदा दिने गरिन्छ ।

भारत पनि २१ दिन विदासहित यो सूचीको सातौ स्थानमा छ भने टर्की १४ दिन वार्षिक विदासहित यो सूचीको २५ औं नम्बरमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार