ट्म्पले टिकटकमाथिको म्याद ७५ दिन थपे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई गैरचिनियाँ कम्पनीलाई बेच्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्ध हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताएका छन् । आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उनले जिकिर गरे ।

सबै आवश्यक अनुमोदनमा हस्ताक्षर भएको निश्चित गर्न सम्झौतामा थप काम आवश्यक रहेको र टिकटकलाई अब ७५ दिनसम्म सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको उनले बताए । आफूहरू चीनसँग राम्रो विश्वासका साथ काम गरिरहने आशा गरेको उनले उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार