आज सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार (मंसिर २४) सुनको मूल्य सामान्य बढेको छ ।

यस दिन सुन प्रतितोला दुई सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला दुई लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने दुई लाख ५१ हजार ९०० रुपैयाँ थियो । त्यस्तै, चाँदी तोलामा डेढ सय रुपैयाँ बढेको छ ।

मंगलबार तीन हजार ६ सयमा कारोबार भएको चाँदी यस दिन तीन हजार सात सय ५० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार