युक्रेनी राष्ट्रपति जेलेन्स्कीको गृहनगरमै रुसको भीषण आक्रमण, १८ जनाको मृत्यु, सयौँ घाइते

एजेन्सी –युक्रेनी राष्ट्रपति भालोदोमिर जेलेन्स्कीको गृह नगरमा भएको रुसको भीषण मिसाइल आक्रमणका कारण १८ जनाको ज्यान गएको छ । तीमध्ये कम्तीमा ६ जना बालबालिका छन् । कयौँ घाइते भएका छन् ।

घाइते र मृतकको संख्या बढ्न सक्ने आशंका छ । यो शहर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर हो । रुसी रक्षा मन्त्रालयले भने युक्रेनी सेनाका कमाण्डर र पश्चिमा सहयोगीबीच छलफल भइरहेको एक रेष्टुरेण्ट लाई निशाना बनाएर गरिएको आक्रमणमा ८५ जनाको मृत्यु भएको दाबी गरेको छ ।

युक्रेनले रुसले मानवताविरुद्ध गरेको अपराधको ढाकछोप गर्न यस्तो दाबी गरेको आरोप लगाएको छ । स्थानीय अधिकारीका अनुसार एक आवसीय भवनमा रुसले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार