गोवाको नाइटक्लबमा आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो

काठमाडौं । भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।

नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत पाँच नेपालीको मृत्यु भएको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

चुर्नबहादुर पुन, विवेक कटवाल, सविन बीके, सुदीप गुरुङ र मानबहादुर जोराको मृत्यु भएको पुष्टि भएको छ । उनीहरू सबै त्यही नाइटक्लबमा कार्यरत थिए ।

आगलागीमा परी २५ जनाको मृत्यु भएको थियो । मृत्यु हुने बाँकी सबै भारतीय नागरिक हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार