सुन आज प्रतितोला ८०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार (मंसिर १७) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन मंगलबार दुई लाख ५३ हजार ३०० रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामै ११० रुपैयाँ बढेको छ ।

मंगलबार तीन हजार ५४५ रुपैयाँ रहेको चाँदी ११० रुपैयाँ बढेर तीन हजार ६५५ रुपैयाँ पुगको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार