अमेरिकाले १९ गैर युरोपेली देशका नागरिकहरूलाई ग्रीन कार्डमा  लगायो रोक, नेपाल पर्यो कि परेन ?

काठमाडौँ – अमेरिकाले १९ वटा गैर युरोपेली देशका नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि आवेदनमा रोक लगाएको छ।

अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन, बुरूण्डी, क्युबा, लाओस, सेइरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि नयाँ आवेदन मंगलबारदेखि रोक लगाएको हो।

वाशिङ्टन डिसीमा अमेरिकी नेसनल गार्डका सुरक्षाकर्मीमाथि गोली प्रहार भएको घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ती १९ देशका नागरिकहरूले प्राप्त गरेको ग्रीनकार्ड पुनरवलोकन गर्न निर्देशन दिएका थिए।

मंगलबारदेखि भने ती देशका नागरिकहरूले ग्रीन कार्ड र नागरिकताका लागि दिएको आवेदनबारे थप प्रक्रियामा रोक लगाउने र नयाँ आवेदन पनि नलिने निर्णय भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

यी तिनै देशहरू हुन् जसलाई ट्रम्पले अमेरिकाको आन्तरिक सुरक्षामा दखल पुर्‍याउने सक्ने भनेर गत जुन महिनामै यात्रा प्रतिबन्ध लगाएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार