काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले शाखा कार्यालयहरु बन्द गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैक तथा वित्तीय संस्थाहरुलाई शाखा कार्यालय बन्द गर्न बाटो खुला गरेको हो ।
‘विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजनर एकीकरण गर्नसक्ने व्यवस्था मिलाइनेछ ।’ मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।