बालेनसँगको फोटो पोस्ट गर्दै कुलमानले लेखे– ‘देश बनाउने अभियानमा सँगै छौँ’

काठमाडौँ – उज्यालो नेपाल पार्टीका संरक्षक एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्।

राजनीति प्रवेशसँगै सक्रिय भूमिकामा देखिएका घिसिङले बालेनसँगको भेटको तस्बिर आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै देश विकासका मुद्दामा सहकार्य गर्ने बताएका छन्।

तस्बिरसँगै कुलमानले लेखेका छन्, “देश बनाउने अभियानमा हामी सँगै छौं।”

बालेन शाहको सचिवालय स्रोतका अनुसार यो भेट शनिबार बालेनको निवासमै भएको थियो। दुवै नेताबीच देशको समसामयिक राजनीतिक अवस्था र विकासका एजेन्डामा छलफल भएको बुझिएको छ।

हालै मात्र उज्यालो नेपाल पार्टी घोषणा गरेका घिसिङ र स्वतन्त्र रूपमा निर्वाचित भई चर्चित बालेन शाहबीचको यो भेटलाई धेरैले आगामी दिनमा सम्भावित सहकार्यको सङ्केतको रूपमा हेरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार