निर्वाचनका लागि दर्ता भए १२० दल

काठमाडौं – आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि १२० दलले दर्ताको निवेदन दिएका छन्।

निर्वाचन आयोगले दिएको दर्ताको समय आइतबार सकिएको छ। जेनजी आन्दोलनपछि जन्मिएका नयाँ दल र आयोगमा दर्ता भइरहेका दलले चुनावी प्रयोजनका लागि दर्ताको निवेदन दिएका हुन्।

भदौ २३ र २४ गते भएको आन्दोलनपछि २५ नयाँ दल दर्ता भएका छन्। आयोगमा आइतबारसम्ममा २५ दल दर्ता भएका हुन्। यससँगै आयोगमा दर्ता भएको दलको संख्या १४३ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार